माधव नेपाल एमालेबाट किन चोईटिए?

0
114

केपी ओलीले नेपालमा एउटा विशाल कम्युनिष्ट पार्टी निर्माण गर्ने सपना देखे र सोही मुताविक उहाँकै नेतृत्वमा एमाले र माओवादी एउटै पार्टीमा रुपान्तरित भए र चुनावमा होमिए, दुईतिहाई नजिकको ठुलो कम्युनिष्ट पार्टी पनि बन्यो, जनताको जनादेश बमोजिम ५ वर्षको लागि केपी ओलीको नेतृत्वमा दुईतिहाईको सरकार बन्यो, मुलुकमा शान्ति, स्थायित्व, विकास र समृद्धिले तिव्रता पायो जसले गर्दा मुलुकमा नेपाली जनतामाझ केपी ओलीको लोकप्रियता बढ्दै गयो जसका कारण माधव-प्रचण्डको मन इर्ष्या र कुण्ठाले भरिन थाल्यो । यसैबिचमा केपी ओलीले दोस्रो पटक किड्नी ट्रान्स्प्लाण्ट गर्नुपर्ने भएकोले उता केपी ओली किड्नी ट्रान्स्प्लाण्ट गर्न महाराजगंज शिक्षण अस्पतालमा भर्ना भए, यता भने अब ओलीको मृत्यु हुने भयो भनेर भित्रभित्रै खुसीले गदगद हुँदै माधव-प्रचण्डले एकजना पार्टी अध्यक्ष बन्ने र एकजना प्रधानमन्त्री बन्ने भनेर गोप्य ढंगले अंशबण्डा गरिसकेका थिए र देखावटी रुपमा महाराजगंज अस्पताल पुगेर प्रचण्डले पाँचै वर्ष पार्टी अध्यक्ष र प्रधानमन्त्री चलाउनोस् भनेर ओलीलाई भनेका थिए । तर प्रधानमन्त्री केपी ओली अस्पतालबाट स्वस्थ भई बालुवाटार फर्केर जनताको नियमित काम गर्न थालेपछि माधव-प्रचण्डको भित्रि योजना तुहिन पुग्यो जसले गर्दा केपी ओलीले बाँकी ३ महिना पार्टी अध्यक्ष र बाँकी २ वर्ष प्रधानमन्त्री चलाउन दिनोस् भन्दा भन्दै पनि माधव-प्रचण्डले विनाऔचित्य पार्टी अध्यक्ष र प्रधानमन्त्री पदबाट राजिनामाको माग गर्न थाले। तर केपी ओलीले जनता र कार्यकर्ताले दिएको ५ वर्षे म्याण्डेटविपरित दुवै पदबाट राजिनामा दिन चाहेनन् र पद नपाकै सनकमा माधव-प्रचण्डहरुले आफ्नै पार्टी र पार्टी नेतृत्वविरुद्ध विध्वंश मच्चाउन थाले, आफ्नै पार्टी अध्यक्ष/प्रधानमन्त्रीले बोलाएको बैठकमा नजाने, सरकारको हरेक काममा असहयोग गर्ने, पार्टी र पार्टी नेतृत्व विरुद्ध मोर्चाबन्दी गर्ने, सरकारविरुद्ध घेराबन्दी गर्ने, मुलुकमा राजनीतिक अस्थिरता र अस्तव्यस्तता निम्त्याउने काम गरे जसले गर्दा प्रधानमन्त्री केपी ओलीले वाध्य भएर संसद विघटन गर्नु पर्यो । तर जनताको मताधिकार विपरित, शान्ति र स्थायित्वको मुल्य मान्यता विपरित मुलुकमा अस्तव्यस्त र अस्थिरतालाई पक्षपोषण हुने गरी सर्बोच्चले पटक पटक संसद पुन:स्थापना गर्ने काम गर्यो र जनतामा जान भनेपछि प्रतिगमन देख्ने माधव-प्रचण्ड जस्ता प्रतिगमनकारीहरुले सर्बोच्चको यस कदमलाई ठुलो विजयको रुपमा खुसियाली मनाए भने फागुन २३ मा सर्बोच्चले एमाले र माओवादी केन्द्रलाई पुरानै अवस्थामा फर्काई दियो । संसदभित्र प्रधानमन्त्री ओलीले विश्वासको मत मागिरहँदा माधव नेपाल पक्षका सांसदहरु अनुपस्थित भईदिने, फ्लोर क्रस गरिदिने, कलम, हँसिया-हथौडा, रुख चिन्हमा मतदान गरिदिने काम गरेर आफ्नै पार्टीको सरकार ढाले र देउवाको नेतृत्वमा सरकार पुर्याए । प्रधानमन्त्री देउवाले चलिरहेको संसद स्थगित गरेर २४ घण्टा नबित्दै दल विभाजन सम्बन्धि अध्यादेश ल्याए र देउवा, प्रचण्ड, निर्वाचन आयोग, अदालत, सभामुख सबै लागेर माधव नेपाललाई एमाले फुटाउन सहज बनाई दिए । अन्तमा एमाले फुटाउने उद्धेश्य सम्पन्न भएपछि गठबन्धनले दल विभाजनको अध्यादेश खारेज गरे, गठबन्धन सरकारको यो भन्दा फटाहा, बदमासी काम अरु के हुन सक्छ? लोकतन्त्र र संसदिय प्रणालीको यो भन्दा चरम दुरुपयोग अरु के हुन सक्छ? यसरी माधव र प्रचण्ड मिलेर दुईतिहाई नजिकको ठुलो दल नेकपालाई धुजधुजा बनाई छाडे, एमालेको सरकार पनि गिराई छाडे । अहिले प्रचण्ड र माधवलाई शेरबहादुर देउवाको शरण र चरणपाऊमा वैज्ञानिक समाजवाद आएको छ, वर्गिय मुक्ति मिलेको छ, क्रान्तिले सफलता प्राप्त गरेको छ, कम्युनिष्ट आन्दोलनको रक्षा भएको छ । माधव प्रचण्डको यस प्रकारका उरन्ठेउला हर्कतहरुका विरुद्ध आगामी दिनमा नेपाली जनता अझ बढी सजग हुनुपर्ने देखिन्छ ।

लेखक: प्रकाश इवारम (नेकपा एमाले ताप्लेजुङ जिल्ला कमिटी सचिवालय सदस्य)

LEAVE A REPLY