Taplejung Bhumi Ayog

0
135

मिति २०७७ चैत्र १५ गतेका दिन भूमि सम्बन्धि समस्या समाधान आयोग, जिल्ला समिति ताप्लेजुङको आयोजनामा भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरुको समस्या पहिचान र समस्या समाधानका विषयमा जिल्ला स्तरिय अन्तरकृयात्मक छलफल कार्यक्रम सफल्ता पूर्वक सम्पन्न भयो । उक्त कार्यक्रममा फुङलिङ न.पा.का प्रमुख/उपप्रमुख र सिदिङ्वा, सिरिजंघा, पाथीभरा याङवरक, फक्ताङलुङ, मैवाखोला, मिक्वाखोला, आठराई त्रिवेणी र मेरिङदेन गा.पा.का सबै अध्यक्ष/उपाध्यक्षहरु, प्रशासकिय अधिकृतहरु, सूचना प्राविधिकहरु, मालपोत र नापी अधिकृतहरु लगायतको  सहभागिता रहेको थियो ।

उक्त कार्यक्रममा भूमि सम्बन्धी समस्या समाधान आयोगका केन्द्रिय अध्यक्ष देवि प्रसाद ज्ञावली प्रमुख अतिथि रहनु भएको थियो भने विषेश अतिथिहरुमा माननिय सांसद तथा आयोगका केन्द्रिय सदस्य गोपाल गुरागाई र सम्विधान सभा सदस्य माननिय भुपेन्द्र थेवे रहनु भएको थियो र अन्य अतिथिहरुमा जिल्ला समन्वय समितिका प्रमुख धनेन्द्र मादेन, गा.पा. प्रमुख/उपप्रमुख र प्रमुख जिल्ला अधिकारी उमेश पाण्डे रहनु भएको थियो । केन्द्रिय आयोगबाट समेत आयोगसँग सम्बन्धित अन्य प्रतिनिधी ज्युहरु र पत्रकारहरुको उपस्थिति रहेको थियो ।

विभिन्न कार्य पालिकाहरुबाट कार्यक्रममा सहभागी जनप्रतिनिधिहरु, प्रशासकिय अधिकृतहरु र सूचना अधिकारीहरुले भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीहरुको पहिचान, लगत संकलन छानबिन तथा प्रमाणीकरण, जग्गाको व्यवस्थापन, वितरण सम्बन्धमा विभिन्न प्रश्न र जिज्ञासाहरु राख्नु भएको थियो । उक्त कार्यक्रममा उठेका विभिन्न प्रश्न र जिज्ञासाहरुको उत्तर दिदै आयोगका केन्द्रिय अध्यक्ष देवी प्रसाद ज्ञावालीले १ पटकका लागि सम्पूर्ण भूमिहीन दलित, भूमिहीन सुकुम्बासीहरुलाई आवास तथा खेतीका लागी जग्गा उपलब्ध गराई धनिपूर्जा वितरण गर्ने र अव्यवस्थित वसोवासीहरुलाई व्यवस्थित गर्ने बताउनुभयो । जसको लागि आयोगले तिव्र गतिले काम गरी रहेको र यसमा स्थानिय तहको महत्वपूर्ण भूमिका रहने बताउनु भएको छ । भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीहरुको समस्या कुनै एक पार्टी वा दलको मात्र नभएर सम्पूर्ण राजनितिक दल र समाजको समेत  साझा समस्याको रुपमा रहेको अध्यक्ष देवी प्रसाद ज्ञावालीले बताउनु भयो ।

आयोगका जिल्ला समिति अध्यक्ष लक्ष्मी बहादुर याक्सोको अध्यक्षता रहेको सो अन्तरक्रियात्मक छलफल कार्यक्रममा विज्ञ सदस्य प्रकाश इवारमले स्वागत मन्तव्य राखनु भएको थियो भने सदस्य सचिव आत्माराम सत्यालले कार्यक्रमको संचालन गर्नु भएको थियो ।

LEAVE A REPLY