कोरोना उपचारमा नयाँ नियम…………

0
96
कोरोना संक्रमणका कारण गत चैत्र ११ गतेदेखि लागु भएको लकडाउन अहिलेसम्म कायम छँदै छ र यो कहिलेसम्म कायम रहने हो अन्योल कै विषय बनेको छ । एकातिर लकडाउन कै कारण यतिबेला उध्योग, व्यापार, पेशा, व्यवसाय सबै ठप्प छन् , आर्थिक गतिविधिहरु सबै ठप्प छन् । जसका कारण राजश्व संकलन समेत ठप्प बनेको छ भने अर्कोतिर कोरोना संक्रमितको संख्या दैनिक तिव्ररुपमा थपिन्दै गएको छ, मृतकको संख्या पनि त्यतिकै बढ्दै गईरहेको छ । संक्रमणको परिक्षण र उपचारमा सरकारले अर्बौं रकम खर्च गरिरहेको छ । यस्तो अवस्थामा कोरोना परिक्षण र उपचार कै कारण सरकार आर्थिक रुपले टाट पल्टने सम्भावना बढ्दै गएको छ । यस सम्भावित आर्थिक दुर्घटनाबाट बच्न अब सरकारले जो मजदुर, किसान, आर्थिक रुपले अत्यन्तै कमजोर छन् , त्यस्ता संक्रमितहरुको लागि निशुल्क परिक्षण र उपचारलाई निरन्तरता दिंदै बाँकी अधिकृत तहदेखि माथिका कर्मचारी, आर्थिक हैसियत राम्रै भएका र खर्च गर्न सक्ने हैसियत भएकाका लागि भने सरकारले सशुल्क परिक्षण र उपचारको नियम लागु गर्न अत्यावश्यक देखिन्छ । नेपाल सरकारले यस्तो नियम लागु गरेमा सम्पुर्ण नेपाली जनता सहमत हुनेछन् ।

LEAVE A REPLY